विमानस्थल क्षेत्रमा प्रयोग हुने नयाँ गाडी विद्युतीय किन्नुपर्ने | Khabarhub Khabarhub

विमानस्थल क्षेत्रमा प्रयोग हुने नयाँ गाडी विद्युतीय किन्नुपर्ने


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले विद्युतीय एयरसाइड भेहिकल (हवाइ क्षेत्रमा प्रयोग हुने विद्युतीय सवारीसाधन)लाई प्राथमिकता दिने भएको छ।

नागरिक उड्डयन क्षेत्रको नियामक प्राधिकरण आफैँले अबदेखि विमानस्थलमा थपिने हरेक सवारी सकेसम्म विद्युतीय नै किन्ने प्रतिबद्धता जनाएको हो ।

सेवाप्रदयाकहरुलाई पनि विद्युतीय सवारीलाई प्राथमिकता दिन आग्रह गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘हामी आफैँ पनि त्यही बाटोमा छौँ। ग्राउड ह्यान्डलिङ सेवा दिनेदेखि आन्तरिक उडान गर्ने एयरलाइन्सलाई समेत एयरसाइड भेहिकल किन्दा विद्युतीयलाई प्राथमिकता दिन भनेका छौँ, उनले भने।

तर अहिलेका लागि भने यो निर्देशन बाध्यकारी हुने छैन ।

चार्जिङ स्टेशन लगायतका पूर्वाधार विमानस्थल क्षेत्रभित्रै तयार भएपछि प्राधिकरणले यसमा बाध्यकारी हुनेगरी व्यवस्था गर्ने भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  २ : १० बजे

सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी

काठमाडौं- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा चलाइएका

तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ : मन्त्री भण्डारी 

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद, २३ करोड जरिवाना

काठमाडौं – नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन

अङ्ग्रेजी भाषामा पठनपाठन सुरु भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढे

सुदूरपश्चिम– अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक

आगलागीबाट पीडितलाई घर बनाउन राहत दिने

विराटनगर– आगलागीमा परेका परिवारलाई संघीय सरकारले घर बनाउन राहत रकम