भलिबलको उपाधी कमललाई | Khabarhub Khabarhub

भलिबलको उपाधी कमललाई


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित प्रथम अन्तरपालिका स्तरिय महिला भलिबलको उपाधी झापाको कमल गाउँपालिकाले जितेको छ ।

दमक नगरपालिका, खेलकुद विकास समितिद्वारा आयोजना भएको प्रतियोगिताको फाईनल खेलमा मोरङको लेटाङ नगरपालिकालाई ३–१ सेटमा पराजित गर्दै कमलले उपाधी हात पारेको हो ।

बेस्ट अफ फाईभमा खेल खेलाइएको भए पनि पहिलो तेस्रो र चौथो सेटमा कमलले क्रम २५-१४/२५-२२ र २५-२३ को स्कोर ल्याएर कमलले उपाधी जितेको हो । जितसँगै कमलले नगद ४० हजार, ट्रफी, प्रमाणपत्र र मेडल पनि प्राप्त गरेको छ ।

यस्तै उपबिजेता बनेको लेटाङ नगरपालिकाले २५ हजार नगदमै चित्त बुझाउनु पर्‍यो । १११ औ अन्तराष्ट्रिय महिला दिवसको अबसरमा दमक नगरपालिका अन्तरगतको नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा प्रदेश १ भरिका १४ वटा पालिकाहरुले सहभागिता जनाएका थिए । २२ फागुनबाट शुरू भएको खेल क्वाटरफाईनलसम्म बेस्ट अफ थ्री र सेमिफाइनलपछि बेस्ट अफ फाईभका खेल भएको खेल संयोजक तेजु धिमालले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ४४ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास