गण्डकी, वाग्मती र प्रदेश- १ का पहाडी भेगमा वर्षाको सम्भावना | Khabarhub Khabarhub

गण्डकी, वाग्मती र प्रदेश- १ का पहाडी भेगमा वर्षाको सम्भावना


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज अपराह्न गण्डकी, वाग्मती र प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी बिहीबारसम्म नै पहाडी भेगमा वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन २५ गते (मंगलबार)

दिउँसो : गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पश्चात गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू-भागका एकदुई स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

फागुन २६ गते (बुधबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । अपरान्ह पश्चात देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

फागुन २७ गते (बिहीबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । अपरान्ह पश्चात गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : १५ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति