हुम्लामा चीनले सीमा मिचेकोबारे छानविन गर्न सरकारलाई आग्रह | Khabarhub Khabarhub

हुम्लामा चीनले सीमा मिचेकोबारे छानविन गर्न सरकारलाई आग्रह


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विज्ञहरुले चीनले हुम्लामा मिचेको भूमिबारे छानविनका लागि दुई देशको संयुक्त टोली गठन गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडेरलिजम’ले काठमाडौंमा गरेको उत्तरी सिमामा नेपालको विवाद विषयक छलफल कार्यक्रममा विज्ञहरुले सीमा विवाद समाधानका लागि दुई देशले संयुक्त टोली बनाएर अध्ययन गर्न सुझाव दिएका हुन् ।

सीमाविद् तथा नापी विभागका पूर्वमहानिर्देशक वुद्धीनायारायण श्रेष्ठले हुम्लामा चीनले सीमा मिचेको विषयमा अध्ययन गर्न दुई देशका परराष्ट्र, गृह, रक्षा र भूमिव्यवस्था मन्त्रालय रहेको संयुक्त कार्यदल बनाउन सुझाव दिए ।

उनले हुम्लामा सीमा मिचिएको छैन भनेर आफूले भन्न नसक्ने भन्दै दुई देशका सरकारले संयुक्त रुपमा अध्ययन गरेपछि तथ्य बाहिर आउने बताए ।

दोलखामा रहेको ५७ नम्बर पिलर चीनले नेपालतर्फ सारेको भनेर सार्वजनिक भइसकेको र ६ हेक्टर जमीन नेपालको चीनतर्फ परेको विषयमा समेत सरकारले टुंगो लगाउनुपर्ने बताए ।

उनले भने,‘हुम्लाको जनप्रतिनिधिले नै सीमा मिचिएको छ भनेपछि नेपालको परराष्ट्रमन्त्रीले छैन भनेर मात्रै भएन । प्रमाणसहित भन्नुपर्‍यो । त्यसका लागि नेपाल र चीन दुई देशले संयुक्त रुपमा कार्यदल बनाएर अध्ययन गर्नुपर्‍यो ।’

नापी विभागका पूर्वमहानिर्देशक नागेन्द्र झाले समेत सीमा विवाद देखिएपछि कार्यदल बनाएर टुंगो लगाउनुपर्ने बताए ।

उनले नेपाल-चीन सीमामा ९७ वटा पिलर रहेको र प्रत्येक १० वर्षमा ‘इन्स्पेक्सन’ हुनुपर्ने व्यवस्था भएपनि १४ वर्षसम्म त्यस्तो काम हुन नसकेको बताए ।

२०३६ सालमा गरिएको इन्स्पेक्सनमा ५७ र ६२ नम्बरको पिलर गलत स्थानमा रहेको पाइएको भन्दै उनले भने, ‘हुम्लाको लिमि लाप्चा क्षेत्रको समस्या समाधानका लागि नापी विभागले पहल गर्नुपर्छ । नेपाल र चीनले संयुक्त टोली बनाएर संयुक्त रुपमा छानविन हुनुपर्छ ।’

चीनसँगको सिमा निर्धारण पानीढलो र चुचुरो रहेको भन्दै उनले अध्ययनपछि चीनले मिचेको वा नमिचेको भनेर एकिन हुने बताए ।

कार्यक्रममा पूर्वमन्त्री तथा कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले हुम्लामा चीनले नेपाली भूमि मिचेको प्रमाण आफूसँग रहेको बताए ।

उनले चीनले सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र दिएको भएपनि सरकारले केही पनि काम नगरेको बताए ।

उनले चीनले आफूलाई गलत आरोप लगाएको भन्दै सीमा नमिचिएको प्रमाणित भए राजीनामा दिन तयार रहेको दोहोर्‍याए ।

उनले भने,‘हुम्लाको ललुङजोङ क्षेत्रमा चीनले सीमा नमिचेको प्रमाणित गरोस् म राजीनामा दिन तयार छु ।’

चीनले हिल्सा र किट क्षेत्रमा समेत नेपाली भूभाग मिचेको प्रमाण आफूसँग रहेको नेता शाहीले बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ८ : १६ बजे

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा