पिता राज कपूरसँग राजीवको यस्तो दुस्मनी ! | Khabarhub Khabarhub

पिता राज कपूरसँग राजीवको यस्तो दुस्मनी !


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)–बलिउड अभिनेता राजीव कपुरको मंगलबार ५८ वर्षको हृदयघातका कारण निधन भएपछि उनको पिता राज कपूरसँगको सम्बन्धबारे नयाँ कुरा सार्वजनिक भएको छ । फिल्म ‘राम तेरी गंगा मैली’का अभिनेता राजीवको यही फिल्मका कारण पिता राज कपुरसँग सम्बन्ध बिग्रिएको लेखक मधु जैनले आफ्नो पुस्तक ‘कपूरनामा’मा उल्लेख गरेका छन् ।

पुस्तकका अनुसार राजीवले सन् १९८३ मा रिलिज फिल्म ‘एक जान है हम’बाट बलिउडमा डेब्यू गरेका थिए । फिल्म रिलिज भए पनि उनको अभिनय करियरको रफ्तार अगाडि बढ्न सकेको थिएन । त्यहीकारण पिता राज कपूरले त्यसको दुई वर्षपछि फिल्म ‘राम तेरी गंगा मैली’बाट राजीवलाई पुनः प्रमुख अभिनेताका रुपमा अभिनय गराए । फिल्म सुपरहिट भएपछि यसको श्रेय राजीवको सट्टा फिल्मकी अभिनेत्री मन्दाकिनीले पाइन् । फिल्म चर्चित भएपछि राजीव पिता राज कपुरसँग असन्तुष्ट बने । त्यहीकारण बाबुछोराबीचको सम्बन्धमा खटपट शुरु भयो ।

यो फिल्म रिलिज पछि राज कपूर र मन्दाकिनीको मात्र चर्चा पायो । फिल्म हिट भए पनि राजीवले कुनै फाइदा लिन सकेनन् । यही फिल्मका कारण मन्दाकिनी रातारात स्टार भइन्, तर राजीवले करियरलाई अगाडि बढाउन सकेनन् । उनले यसको सबै दोष पिता राज कपूरमाथि नै लगाए ।

फिल्म ‘राम तेरी गंगा मैली’ पछि राज कपूरले राजीवलाई लिएर कुनै फिल्म बनाएनन् । त्यहीकारण राजीव पिता राजसँग रिसाएका थिए । राजीवले ‘लवर ब्वाई’, ‘हम तो चले परदेस’, ‘अंगारे’, ‘शुक्रिया’ जस्ता फिल्ममा अभिनय गरे पनि दाजु ऋषि कपुरको जस्तो पहिचान बनाउन सकेनन् । राजीव पितासँग यति साह्रो रिसाएका थिए कि राजको निधनपछिको अन्तिम संस्कारमा उनी उपस्थित भएनन् ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : २५ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ