‘राम तेरी गंगा मैली’ अभिनेता राजीवको निधन | Khabarhub Khabarhub

‘राम तेरी गंगा मैली’ अभिनेता राजीवको निधन


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता, निर्माता तथा निर्देशक राज कपूरका कान्छा छोरा राजीव कपूरको मंगलबार मुम्बईमा निधन भएको छ । ‘राम तेरी गंगा मैली’ फिल्मबाट चिनिएका अभिनेता राजीवको हृदयघातका कारण निधन भएको हो । राजीवसँग अन्तिम अवस्थासम्म उनको ठूलो दाजु रणधीर कपुर थिए । उनी ५८ वर्षका थिए ।

गत वर्ष अभिनेता ऋषि कपूरको निधन पछि कपूर परिवारमा मंगलबार अर्को शोक परेको हो । बिहानसम्म स्वास्थ्यमा कुनै समस्या नदेखिएका राजीवले खाजा खाएपछि केही अप्ठ्यारो महशुस गरेका थिए ।

‘मैले आफ्नो कान्छो भाई राजीवलाई गुमाएँ । डाक्टरहरुले निकै प्रयास गर्दा पनि उसलाई बचाउन सकेनन्’, रणधीरले भनेका छन् । राजीवले फिल्म ‘एक जान हे हम’बाट बलिउडमा अभिनेताका रुपमा डेब्यू गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  २ : १७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले