अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार नेम्वाङ र भट्टराईलाई | Khabarhub Khabarhub

अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कार नेम्वाङ र भट्टराईलाई


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- अमर नेम्वाङ लिम्बू स्मृति साहित्य पुरस्कारबाट लेखक/साहित्यकार वीर नेम्वाङ र प्रा.डा. गोविन्दराज भट्टराई पुरस्कृत भएका छन् ।

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले फिदिममा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा लेखकद्वय नेम्वाङ र भट्टराईलाई संविधानसभा सदस्य भीष्मराज आङदेम्बेले पुरस्कारसहित सम्मान गरे ।

पुरस्कारको राशि जनही ५० हजार रहेको छ । उक्त पुरस्कार दुई वर्षअघि निधन भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष एवं साहित्यकार अमरकुमार नेम्वाङको स्मृतिमा स्थापना भएको हो ।

सो अवसरमा आङदेम्बेले साहित्यले समृद्धिको पाठ सिकाउनुपर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । दशकैपिच्छेका राजनीतिक अस्थिरताले आम जनमानस तथा साहित्यकर्मीहरूमा आक्रोश मात्रै पैदा गराएको भन्दै उनले अब यस्तो अवस्था र चिन्तनको अन्त्य गर्नुपर्ने बताए ।

पुरस्कृत वीर नेम्वाङ पूर्वी नेपालमा लिम्बूवान पक्षधर राजनीति र लेखनमा सक्रिय हुनुहुन्छ भने प्रा डा भट्टराई नेपाली साहित्यमा योगदान दिँदै त्रिभुवन विश्वविद्यालयमा अध्यापनबाट सेवा निवृत्त भएका हुन् ।

सम्मानपछि नेम्वाङले पाँचथर आयामेली साहित्य आन्दोलन, रङ्गवादी साहित्य आन्दोलन, उत्तरवर्ती सोच र सिर्जनशील अराजकताजस्ता नेपाली साहित्यमा विशिष्ट योगदान दिने अभियानको अगुवाइ गर्ने जिल्ला भएको भन्दै साहित्यमार्फत सामाजिक रूपान्तरणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

प्रा.डा.भट्टराईले स्व.अमरकुमार नेम्वाङको इको राइटिङ (पर्यावरणीय लेखन) अनुकरणीय काम रहेको बताए । उनले नेम्वाङका रचनालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तथा अङ्ग्रेजी भाषामा रूपान्तरण गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानका धर्मेन्द्र नेम्वाङका अनुसार स्व  नेम्वाङको स्मृति दिवसका अवसरमा साहित्य पुरस्कार वितरण तथा अन्य सामाजिक कार्य गर्न थालिएको हो । गत वर्षदेखि उक्त साहित्यिक पुरस्कार वितरण थालिएको थियो । गत वर्ष उक्त पुरस्कार लेखकद्वय डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्माले प्राप्त गरेका थिए ।

उक्त पुरस्कार वितरण कार्यक्रममा जिल्लाको कुम्मायक गाउँपालिका–१ का आगलागी प्रभावित कृष्णबहादुर थापा र डिकबहादुर थापाको परिवारलाई जनही १२ हजार ५०० राहत उपलब्ध गराइएको छ । यस्तै बाबुआमाविहीन सत्यहाङमा माध्यमिक विद्यालय फाल्गुनन्द–२ मा कक्षा १ मा अध्ययनर छ वर्षीय ग्राविल नेम्वाङको पठनपाठनमा सहयोग गर्न रु १० हजारको छात्रवृत्तिसमेत वितरण गरिएको छ । प्रतिष्ठानले जिल्लाका आठ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।

लिम्बू समुदायबाट दुई विषयमा स्नातकोत्तर गर्ने पहिलो व्यक्ति स्व.नेम्वाङ जीवनभर समाजको सेवामा समर्पित भएका थिए । गाउँ पञ्चायतको प्रधानपञ्च, गाविस अध्यक्ष हुँदै उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । विसं २०७५ माघ २६ गते गाउँपालिकाको वडा नं ५ फाक्तेपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बेहोस भई ढलेका नेम्वाङको अस्पताल पुर्‍याउन  नपाउँदै निधन भएको थियो । उनका तीन साहित्यिक कृति प्रकाशित छन् ।

 

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १ : ३० बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा