पवनदीप जत्तिकै लोकप्रिय ज्योतिदीप | Khabarhub Khabarhub

पवनदीप जत्तिकै लोकप्रिय ज्योतिदीप


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ प्रतिष्पर्धी पवनदीप राजन आफ्नो गायन शैलीका कारण अहिले टेलिभिजन दर्शकमाझ लोकप्रिय छ । सांगीतिक परिवारमा जन्मिएका पवनदीपका सबै सदस्य गायन पेशामै छन् । पवनदीपकी बहिनी ज्योतिदीप पनि दाजुजस्तै लोकप्रिय गायिका हुन् ।

ज्योतिदीपले हिन्दीमा मात्र नभई कैयौं स्थानीय भाषामा पनि गीत गाउछिन् । जसमा गढवाली, कुमाउनी, पञ्जाबी गीत प्रमुख छन् । उनले सन् २०१९ को गायन रियालिटी शो ‘भ्वाइस इण्डिया किड्स’का लागि अडिसन दिएकी थिइन् । तर उनी यो शोमा धेरै अगाडि बढ्न सकिनन् ।

ज्योतिदीप सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छन् । उनी आफ्नो सञ्जालमा दाजु पवनदीपलाई खुलेर समर्थन गरिरहेकी छन् । ज्योतिदिपका पहाडी गीत निकै लोकप्रिय छन् । उनको इन्स्टाग्राममा ८ हजार फलोअर्स छन् भने युट्युबमा करिब दुई हजार नजिक सब्सक्राइबर छन् ।

पवनदीपले आफ्नो इन्स्टाग्राम एकाउण्टमा बहिनी ज्योतिदीपको भिडियो शेयर गरेका छन् । भिडियो शेयरसँगै फ्यानले उनको खोजीलाई तिब्र बनाएका छन् । पवनदीप र ज्योतिदिपको जुगलबन्दी राम्रो छ । उनीहरु दुवैले कैयौं स्टेज कार्यक्रममा जुगलबन्दीलाई प्रस्तुत गरिसकेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १२ : ५९ बजे

देशका चार सय ३६ स्थानमा डढेलो

काठमाडौं– देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

रेसुङ्गा पर्यटनका लागि सम्भावना बोकेको क्षेत्र हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)

एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं– सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।

नेपाल भित्रिने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।