प्रतिनिधिसभा विघटनविरुद्ध ३३० निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्ध ३३० निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली का‌ग्रेसले सरकारको विरोध गर्दै आज ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा उत्रिएको कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्दैछ ।

देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरु आफूलाई पायक पर्ने ठाउमा सहभागी हुने जनाइएको छ ।

सभापति शेरबहादुर देउवा काठमाडौँ क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठको विरोध कार्यक्रममा सहभागी हुनेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँ क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभामा सहभागी हुनेछन् ।

कांग्रेसको पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा सम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार कांग्रेसले शनिबार प्रदेश क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।

सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण प्रतिनिधिसभा विघटन भएको ठहर गर्दै कांग्रेस सडका उत्रिएको हो ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १२ : ४८ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।