चार खेलको वानडे सिरिजमा यूएईलाई अग्रता | Khabarhub Khabarhub

चार खेलको वानडे सिरिजमा यूएईलाई अग्रता


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- घरेलु टिम यूएईले आयरल्याण्डविरुद्धको चार खेलको वानडे सिरिजमा अग्रता लिएको छ ।

आबुधाबीमा शुक्रबार भएको पहिलो एकदिवसीयमा यूएईले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको २ सय ७० रनको लक्ष्य यूएईले ४९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

यूएईको जितमा चुन्दानगापोयिल रिजवान र मुहमद उस्मानले शतकीय इनिङ्स खेले ।

रिजवानले १ सय ९ रन बनाउँदा उस्मानले अविजित १ सय १ रन बनाए । वाहिद अहमेदले अविजित १८ र जवार फारिडले १५ रन बनाए । आयरल्याण्डका बारी म्याककर्थी र कुर्टिस काम्फरले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो ।

आयरल्याण्डका पाउल स्ट्रर्लिङले अविजित रहदै १ सय ३१ रनको शतकीय इनिङ्स खेले । एन्डी बल्ब्रिनेले ५३ तथा कुर्टिसले २४ रन बनाए । यूएईका रोहन मुस्तफाले २ विकेट लिए ।

जितसँगै चार खेलको सिरिजमा यूएईले १-० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ६ : ५९ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई