आज विश्व रेडियोग्राफी दिवस | Khabarhub Khabarhub

आज विश्व रेडियोग्राफी दिवस


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ ।

रेडियोग्राफीलाई एक्सरे वा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक चिकित्सा प्रणालीमा यसले ठूलो महत्व राख्दछ ।

८ नोभेम्बर १८९५ का दिन वैज्ञानिक विल्हेल्म रोईन्टेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । उनै वैज्ञानिकले गरेको विकिरण एक्स–रेको आविष्कारप्रति सम्मान दिन यो दिवस मनाइन्छ ।

विल्हेल्मको जन्म सन् १८४५ मा जर्मनीमा भएको थियो । उनले फिजिक्समा मास्टर्स गरेका थिए र ज्यूरिख विश्वविद्यालयबाट पीएचडी पूरा गरेका थिए । उनलाई नै किरणहरूको नयाँ सेट पत्ता लगाउने श्रेयसमेत दिइन्छ । त्यो समयमा यो विषय अज्ञात रहेको थियो, जुन पछि एक्स–रेको रूपमा प्रसिद्ध भयो ।

सर्वप्रथम सन् २०१२ मा रेडियोलोजीको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो । युरोपियन सोसाइटी अफ रेडियोलोजी, उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटी, अमेरिकन कलेज अफ रेडियोलोजीको पहलमा विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो ।

एक्सरेले हाम्रो शरीर भित्रका हड्डिहरूका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्डले शरीर भित्रका अङ्गहरुमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गर्छ ।

रेडियोलोजीअन्तर्गत विकिरणयुक्त एक्सरे, फ्लोरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउण्ड र एमआरआई लगाएतका प्रविधिहरू पर्दछन् । मानव शरीरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि पनि रेडियोग्राफी विधि महत्वपूर्ण हुने गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ४४ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको