अब डिजिटल सेक्टरमा नेपाली एपले विज्ञापनमा मात्रै भर पर्नु नपर्ने | Khabarhub Khabarhub

अब डिजिटल सेक्टरमा नेपाली एपले विज्ञापनमा मात्रै भर पर्नु नपर्ने


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिलेको समयमा सानो बालक देखि वृद्धहरूसम्मको पनी हात-हातमा मोबाइल भएकाले प्ले स्टोर, एप स्टोर जस्ता स्टोरहरूमा दैनिक रूपमा हजारौँ एपहरू प्रकाशित भइरहेका छन्।

अनि संसार सानो झन् सानो हुँदै गई रहेको छ। यसरी एप बनाउँदा लाग्ने खर्चहरू भने धेरै जसो एपहरूले विज्ञापनबाट उठाउने गरेका हुन्छन्। पेमेन्ट गेटवे, इ-कमर्स तथा कर्पोरेट सर्भिस कम्पनीहरूका एपले भने विज्ञापनमा भर पर्नुपर्दैन।

छुट्टै आयस्रोत मोडल रहेको हुन्छ। तर, त्यसो भनी रहँदा कम्युनिटी एप्सहरूले चाहिँ अहिले सम्म पनि विज्ञापनमा नै भर पर्नु परेको छ।

विदेशमा भने कम्युनिटी एप्सहरूले सब्सक्रिप्सन मोडलमा गई प्रयोगकर्ताहरूलाई सुविधा दिइरहेका छन्। यसरी समयको अन्तरालसँगै परिवर्तित परिपेक्षमा परिदृश्यहरू परिवर्तन हुँदै छन्। विदेशमा प्रकाशित एपहरू एउटै एप फ्रीमा विज्ञापन सहित वा सब्स्क्राइब गरी विज्ञापन-रहित तरिकाले चलाउन सकिन्छ।

नेपालमा पनि यो मोडलमा रहेर धेरै एपहरू आइरहेका छन्।यसको एउटा उदाहरण हो नेपाली पात्रो एप । नेपालमा नेपाली पात्रो एपले पहिलो पटक यो सुविधा सार्वजनिक गरेको थियो, जसमा जम्मा रू. १०० मा नै विज्ञापनरहित नेपाली पात्रो एक वर्ष सम्म चलाउन सकिन्छ।

यही सिलसिलामा नेपाली पात्रोका प्रमुख सम्पादक उप-प्राध्यापक लक्ष्मीप्रसाद बराल भन्छन्, “पहिला पहिलाको समय फरक थियो। हामीले नेपाली पात्रोमा विज्ञापनमा मात्र आधारित भएर चलाउने गर्थ्यौँ। यसै पनि नेपाली दाजु-भाइ तथा दिदी बहिनीहरूले पञ्चाङ्ग लगायत पात्रो किन्नका लागि स्टेशनरी धाउनु नै पर्थ्यो। तर अहिले भने सो सुविधा मोबाइलमा पनि पाउन सकिन्छ। र, यो सुविधा नेपाली पात्रोमा अझै सम्म पनि सित्तैमा नै पाइन्छ। तर, पछि प्रयोगकर्ताहरूको “धेरै विज्ञापन आयो” भन्ने गुनासो सम्बोधन गर्दै हामीले यस एपलाई विज्ञापन रहित बनाउने जमर्को गर्यौँ। र यसरी हामीले पनि विदेशमा जस्तै नेपालमा पनि सब्स्कृप्सन सुविधा सुरु गर्यौ।

पहिला पहिला त हामीलाई खासै विश्वास लाग्दैन थियो कि नेपालमा पनि यो तरिकाले मान्छेहरूले “अनलाइन पे” गरेर विज्ञापन रहित एप चलाउँछन् भनेर। तर, हामी गलत रहेछौँ। यही नेपालमा पनि नेपाली पात्रोमा धेरै नै प्रयोगकर्ताहरूले यो सुविधा लिइराख्नुभएको छ र उहाहरुले यो सुविधाको धेरै नै राम्रो टिप्पणी समेत गर्नुभएको छ।

विज्ञापनरहित एप तुलनात्मक रूपमा “पहिलो भन्दा एकदमै छिटो तथा छरितो” हुने महसुस गरेको भनेर प्रयोगकर्ताहरूले टिप्पणी गरिराख्नु भएको छ। त्यही कारण हामीले यसलाई अझ प्रोत्साहन गर्नका लागि दसैँ अफर पनि लिएर आएका छौँ। र, त्यस अनुसार मात्र रु.१०० तिरेर १ वर्षको सब्सकृप्सन लिँदा १ महिना फ्री अर्थात् १३ महिना गरिदिएका छौँ। त्यसपछि त झनै धेरै प्रयोगकर्ताहरूले यो सुविधा लिनुभएको छ।” हामी गलत रहेछौ। हो, समय धेरै परिवर्तन भई सकेको रहेछ। अहिले नेपाली प्रयोगकर्ताहरूका लागि मात्र यो सुविधा छ, चाँडैनै विदेशका प्रयोगकर्ताहरूका लागि पनि यो सुविधा हामी उपलब्ध गराउँदैछौँ ।”

यस्तै नेपाली विकासकर्ताहरूले विकास गरेका विभिन्न एपहरूमा पनि यो सुविधा उपलब्ध हुनुका साथै भविष्यमा नेपाली प्रयोगकर्ताहरूले विज्ञापनरहित एपहरू चलाउन अझै सहज वातावरण सिर्जना हुनेछ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ५० बजे

उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, सात सांसदले नयाँ दल दर्ता गर्दै

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको छ

जापानी विदेशमन्त्री खामीखावा र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी

सरकार व्यवहारमै निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसक्यो : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित  

काठमाडौं– गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी– बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन