सुरेन्द्रको ‘तेल भिसा’को लोकार्पण | Khabarhub Khabarhub

सुरेन्द्रको ‘तेल भिसा’को लोकार्पण


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कवि तथा लेखक सुरेन्द्र अस्तफलको कवितासंग्रह ‘तेल भिसा’ को लोर्कापण गरिएको छ । चितवनमा बसेर साहित्य सिर्जना गरिरहेका अस्तफलको कृति नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा कवि श्रवण मुकारुङ, कवि तथा समालोचक महेश पौडेललगायतले लोकार्पण गरे ।

आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका यस अगाडि ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘विम्वशिविर’ र ‘हिउँको आरोहण’ कृति प्रकाशित भइसकेका छन् ।

शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक संघ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्षसमेत रहेका हुन् ।

कवितासंग्रहमा युगबोध, जीवनबोध एवं जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसंगतिबोध र प्रणयचेतको अभिव्यक्ति पाइन्छ ।

साहित्यकार प्रभा बरालले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्त्व्य शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि कवि श्रवण मुकारुङ रहेका थिए । कवि तथा समालोचक महेश पौड्याल र समालोचक ज्ञानु अधिकारीले कवितासंग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य दुई सय रुपैंयाँ रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ५३ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन