भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख नजिक | Khabarhub Khabarhub

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख नजिक


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३९ हजार ७० रहेको र योसँगै अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या तीन करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ । महामारी सुरू भएपछि अहिलेसम्म यहाँ मृत्यु भएका कोभिड सङ्क्रमित विरामीको सङ्ख्या चार लाख २७ हजार ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ३३१ व्यक्ति कोरोना सङ्क्रमणमुक्त बनेका छन् । योसँगै भारतभर कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख छ हजार ८२२ रहेको छ ।

भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये तीन करोड १० लाख ९९ हजार ७७१ व्यक्तिमा कोरोना सङ्क्रमण भई निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोभिडको उपचार गराइरहेका ४३ हजार ९१० जना निको भई अस्पतालबाट घर फर्किएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ३ : ३० बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव