टोकियो ओलम्पिक : बक्सिङको भिडन्तमा सबैको नजर | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : बक्सिङको भिडन्तमा सबैको नजर


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको गृष्मकालीन ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने देशको टुङ्गो शायद अन्तिम दिन मात्र होइन, अन्तिम स्वर्ण पदकसम्म कायम रहने छ ।

एक दिनको खेलबाँकी रहँदा चीन दुई स्वर्ण पदकले अघि रहेको छ । एथ्लेटिक्समा गरेको कमजोर प्रदर्शन तथा जिम्न्यास्ट सिमोन वाइल्सले मेन्टल हेल्थ इस्युका कारण आफ्ना प्रमुख खेल गुमाएपछि अमेरिकाका लागि सवैभन्दा धेरै स्वर्ण पदक जित्ने कुरा कठिन बनेको छ ।

आइतबार बिहान पुरुष म्याराथनको प्रतिस्पर्धा हुनेछ । शायद यसमा अफ्रिकी देशकै खेलाडीले विजय हात पार्ने छन् ।

महिला बास्केटबलको फाइनलमा अमेरिकाले जापानको सामना गर्नेछ । यो स्वर्ण पदक जितेमा दुई देश बीचको स्वर्णको पदक एकमा झर्नेछ । बक्सिङमा चार स्पर्धा हुनेछ ।

महिला लाइटवेटमा ब्राजिलकी फरेरा बेट्रिज  र आयरल्यान्डकी अन्ना केली फाइनल प्रवेश गरेका छन् । पुरुष लाइटवेटमा अमेरिकाका डेभिस केवसन र क्युबाका एन्डी क्रुज फाइनलमा प्रवेश गरेका छन् ।

महिला मिडलवेटमा बेलायतकी लाउरेन प्राइस र चीनकी ली क्वीन फाइनलमा प्रवेश गरेका छन् । पुरुष सुपर हेभिवेटमा उज्वेकिस्तानमा जालोलोभ बोखादिर र रिचार्ड टोरेज फाइनलमा प्रवेश गरेका छन् ।

साइक्लिङको  सामान्य अनुमान के हो भने चीन र अमेरिका दुवैले स्वर्ण पदक जित्न कठिन हुनेछ । साइक्लिङमा महिला स्प्रिन्ट र महिला अपनिमम र पुरुष केरिनको फाइनल हुनेछ ।

महिला ह्यान्डबलमा रुसी ओलम्पिक कमिटी र फ्रान्सको बीचमा स्वर्ण पदकका लागि भिडन्त हुनेछ ।

रिदमिक जिम्न्यास्टिकमा रुस ओलम्पिक किमटी उपाधिको दाबदार हो । यसमा अप्रत्यासित जित हात पारेदेखि चीनका लागि पहिलो सम्भवना प्रबल बन्नेछ । वाटरपोलाको फाइन्लमा ग्रीस र सर्बिया खेल्ने छन् ।

यस बीचमा हुने ब्राजिल र अमेरिका बीचको खेलमा विगतको परिणाम हेर्दा ब्राजिल बलियो मानिन्छ । तथापि यो खेल अमेरिकाका लागि पनि महत्वपूर्ण मानिन्छ ।

शायद बक्सिङको भिडन्त आइतबार सबैभन्दा महत्वपर्ण हुनेछ । -एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : २५ बजे

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र