भासिएको राजमार्ग र जलमग्न कावासोती (फोटोफिचर) | Khabarhub Khabarhub

भासिएको राजमार्ग र जलमग्न कावासोती (फोटोफिचर)



कावासोती– पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्डमा बाढीले राजमार्गको सडक भत्काएपछि बाटो अवरुद्ध भएको छ ।

नवलपुरको कावासोतीस्थित फलफूल चोक नजिक जंगलमा बाढीले राजमार्ग भित्रबाटै खोलेर सडक भासिएको हो । बाढीले कालोपत्रे बाहेक सडकभित्र रहेको ह्यूमपाइप बगाएर खोलेको छ ।

सडक भासिएपछि जोखिम अवस्थामा रहेको राजमार्गमा विहानैदेखि गाडी चल्न रोक लगाइएको छ ।

लगातारको वर्षाले गर्दा बाटो मर्मतको काम गर्न समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कावासोती बजार जलमग्न

लगातारको वर्षाले नवलपुरको सदरमुकामस्थित कावासोती नगरपापिलकाको मुख्य बजार क्षेत्र जलमग्न भएको छ ।

नगरपालिकामा पानीको निकास ब्यवस्थित नहुँदा राजमार्ग आसपासका बजार क्षेत्र जलमग्न भएको छ ।

मुख्य बजार क्षेत्र डुबानमा परेपछि घरभित्रका सामानहरु सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।

दलदले बजारमै बाढी

नवलपरासीपूर्व देवचुली नगरपालिका १० दलदलले बजार पनि डुबानमा परेको छ ।

बहुला खोलाको बाढी दलदले बजार क्षेत्रमा पसेपछि राजमार्ग भएर खोला बगेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ४ : २५ बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी