अमेरिकाको ओहायो राज्यका दुई मेयरले गरे महावीर पुनलाई सम्मान | Khabarhub Khabarhub

अमेरिकाको ओहायो राज्यका दुई मेयरले गरे महावीर पुनलाई सम्मान


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका नेपाली बैज्ञानिक डा. महावीर पुनलाई अमेरिकाको ओहायो राज्यका दुई शहरका मेयरहरुले उच्चस्तरको सम्मान प्रदान गरेका छन् ।

डा. पुनले सामाजिक कार्यमा गर्दै आएको योगदानको कदर स्वरुप मेयरहरुले सम्मान गरेका हुन् ।

डा.पुनको संघर्षमय जीवनको बारेमा समेत उल्लेख गर्दै ओहायो राज्यको पहिलो राजधानी शहर सिटी अफ चिलिकाथीका मेयर ल्युक एम फिनीले सम्मानपत्रमा लेखेका छन्, ‘म चिलिकाथी शहरको मेयर ल्युक एम फिनी डा.महाविर पुनका असाधारण उपलब्धीहरुले नेपाली समुदायमा गरेको उल्लेख्य कामले नेपालमा र अमेरिकामा समेत उत्प्रेरण जगाउने कार्य गरेकोले सम्मान व्यक्त गर्दछु ।’

मेयर फिनीले डा.पुनलाई आफ्नै कार्यकक्षमा निम्तो गरी सो सम्मानपत्र हस्तान्तरण गरेको ओहायोको नेपाली समुदायमा सक्रिय योगदान दिँदै आएका डा.दामोदर पौडेलले जानकारी दिए ।

त्यसैगरी ओहायोकै अर्को शहर सिटी अफ रेनोल्ड्स्वर्गका मेयर जो वेगिनीले सम्मान गर्दै लेखेका छन्, ‘म सिटी अफ रेनोल्ड्स्वर्गको मेयर जो वेगिनी डा. पुनले नेपाली नागरिकहरुको जीवनस्तर उकास्न अनवरतरुपमा प्रतिबद्धताका साथ गरेका कार्यको कार्यहरुको उच्च प्रसंसा गर्दै सम्मान गर्न चाहान्छु ।’

आफ्नो सम्मानपत्रमा उनले डा.पुनका योगदानहरुको विवरणसमेत उल्लेख गरेका छन्।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : ४२ बजे

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले