कुवेतमा चर्को घाममा काम लगाउने ६६ कम्पनीविरुद्ध उजुरी | Khabarhub Khabarhub

कुवेतमा चर्को घाममा काम लगाउने ६६ कम्पनीविरुद्ध उजुरी


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा चर्को घाममा काम लगाउने ६६ वटा रोगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको छ ।

कुवेतले दिउँसोको चर्को घाममा काम लगाउन नपाईने नियम लगाए पनि उक्त नियमलाई उलङ्घन गर्दै श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको कुवेत सोसाइटी फर ह्युमन राइट्सले जनाएको छ ।

सरकारले नियम लागू गरे पनि केही व्यवसायीले भने उक्त नियम उल्लंघन गरेको ह्युमन राइट्सलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरिरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

प्रत्येक वर्ष, श्रमिक यूनियनहरू र मानव अधिकार संगठनहरूले चरम सूर्य जोखिमको कारण सूर्य स्ट्रोक र कहिलेकाँही मृत्युको सिकार भएका थुप्रै घटनाहरूको सार्वजनिक गर्दै आएको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला ठाउँमा श्रमिकलाई काम लगाउन प्रतिबन्ध लगाएको थियो । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : ५० बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा