आफ्नो सिफारिसमा मात्रै अक्सिजन दिन स्वास्थ्य मन्त्रालयको अनुरोध (पत्रसहित) | Khabarhub Khabarhub

आफ्नो सिफारिसमा मात्रै अक्सिजन दिन स्वास्थ्य मन्त्रालयको अनुरोध (पत्रसहित)


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीलाई अनुरोध गरेको छ ।

दिनप्रतिदिन फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहरका कारण धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेकाले अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्नका लागि मन्त्रालयले आफ्नो सिफारिस बिना अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न सम्बन्धित कम्पनीलाई अनुरोध गरेको हो ।

आफ्नो निर्देशनबिपरीत काम गरेमा त्यस्ता कम्पनीलाई नियम अनुसार कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।

तर सरकारको यो निर्देशन विवादमा पर्ने देखिएको छ । मन्त्रालयले एकातिर सबै प्रकारका अस्पताललाई कोभिड १९ भएका बिरामीको उपचार गर्न निर्देशन दिएको छ । अर्कोतिर ती अस्पताललाई अक्सिजन बिक्री गर्दा मन्त्रालयको सिफारिस चाहिने निर्णय गरेको छ ।

यो झण्झटका कारण कोभिड–१९ का बिरामी मारमा पर्ने देखिएको छ । नेपाल चिकित्कस संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीले स्वास्थ्य मन्त्रालयको यो निर्देशन गलत भएको बताए ।

उनले सबै अस्पतालले अहिले कोभिड–१९ को उपचार गरिरहेका र यस्तो अवस्थामा कुनै पनि कम्पनीसँग अक्सिजन किन्ने बेला स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिने भन्ने कुरा अस्वभाविक भएको बताए । उनले भने, ‘ यो झन्झटले गर्दा बिरामीलाई पक्कै पनि ठूलो मार पर्छ ।’

यस्तो छ स्वास्थ्य मन्त्रालयले अक्सिजनसँग सम्बन्धित कम्पनीलाई गरेको अनुरोध :

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ०८ बजे

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको

वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विवाददेखि

ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन