तत्काल अक्सिजनको आपूर्ति गर : कांग्रेस | Khabarhub Khabarhub

तत्काल अक्सिजनको आपूर्ति गर : कांग्रेस


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ का बिरामीहरूका लागि तत्काल अक्सिजनको आपूर्ति र बेडको व्यवस्था सुनिश्चित गर्न सरकार समक्ष माग गरेको छ ।

कांग्रेस सह–महामन्त्री तथा कोभिड-१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार विज्ञप्ति जारी गर्दै अक्सिजनको कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारबाही गर्न, आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न माग गरेका छन् ।

‘काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का बिरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार भने कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील छैन ।’

कांग्रेसले आवश्यकता अनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न मागसमेत माग गरेको छ ।

यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : १५ बजे

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र