प्रेमिका भेट्न साइकलमा नर्वे जाँदै शाहरुख | Khabarhub Khabarhub

प्रेमिका भेट्न साइकलमा नर्वे जाँदै शाहरुख


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता शाहरुख खान र निर्देशक सञ्जय लिला भन्सालीले दुई दशक अघि फिल्म ‘देवदास’मार्फत आफ्नो दमदार प्रस्तुति देखाइसकेका छन् । ‘देवदास’पछि यो जोडी कुनै पनि फिल्ममा सहकार्य गरेनन् ।

बलिउड हंगामाले चाँडै नै शाहरुख र सञ्जय नयाँ फिल्ममा सहकार्य गर्ने आफ्नो समाचारमा उल्लेख गरेको छ । सञ्जयले शाहरुखलाई फिल्म ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’का लागि प्रस्ताव गरे पनि उनको प्रयास असफल भएको थियो ।

सञ्जय रोमान्टिक फिल्मको छविलाई पुनः दर्शकमाझ ल्याउने योजनामा छन् । उनी वर्तमान समयमा वेब सिरिज ‘हिरा मण्डी’को निर्माणमा व्यस्त छन् । जुन सिरिजमा सोनाक्षी सिन्हाको अभिनय छ ।

सञ्जय शाहरुखसँगको सहकार्यलाई निरन्तरता दिने सोच अनुरुप नयाँ फिल्म ‘इजहार’को तयारी गरिरहेका छन् । यो फिल्मको स्क्रिप्ट अहिले अन्तिम चरणमा छ ।

‘यो फिल्म सञ्जयले शाहरुखसँग चार वर्ष अघि नै गर्न चाहन्थे । फिल्मको कथा भारतीय युवक र नर्वेजियन युवतीको प्रेममा आधारित छ । नर्वेमा रहेकी प्रेमिका भेट्नलाई साइकलमा यात्रा गर्ने एक युवाको वास्तविक कथामा आधारित छ,’ सञ्जय निकट स्रोतले भनेको छ ।

यद्यपि सञ्जयसँग सहकार्यको बारेमा शाहरुखले केही बोलेका छैनन् । शाहरुखले ग्रीन सिग्नल दिएमा उनी फिल्मकी अनस्क्रिन प्रेमिका भेट्न साइकलमा नर्वे पुग्नेछन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ४ : २० बजे

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा