दिलीप थापामगरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार | Khabarhub Khabarhub

दिलीप थापामगरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष दिलीप थापामगरले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।

सरोकार टेलिभिजिन र हिमालयन टेलिभ्वाइस न्यूज एजेन्सीका सञ्चालक थापा एक लाख राशीको सो पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

वरिष्ठ पत्रकार सम्मान २०७६ मरणोप्रान्त स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ । २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट भने दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् ।

पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गरे । कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।

कसकसले कुन कुन पुरस्कार पाए ?

वरिष्ठ पत्रकार सम्मान २०७६ – स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बा

वरिष्ठ पत्रकार सम्मान २०७७ – रघु मैनाली र शार्दूल भट्टराई

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६

इन्द्र बुढा (उजीर मगर) – बागलुङ

मात्रिका पौडेल – रामेछाप

संगिता खड्का – काठमाडौं

शेषराज दाहाल– सिन्धुली

हेमन्तबहादुर विक– बाँके

शीतल साह – धनुषा

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७

दिलीपकुमार थापामगर– भक्तपुर

दीपेन न्यौपाने– मोरङ

दुर्गाप्रसाद शर्मा– पर्वत

शुरोजंग पाण्डे– दोलखा

नितु पण्डित – नुवाकोट

पुनम पौडेल– ललितपुर

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १ : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र