एक गर्भ र अर्को गर्भबीचको अन्तर किन आवश्यक छ ? | Khabarhub Khabarhub

एक गर्भ र अर्को गर्भबीचको अन्तर किन आवश्यक छ ?


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जसरी खेतमा बीउ नजिक र धेरै छर्‍यो भने सप्रँदैन त्यस्तै बच्चाहरु पनि नजिक र धेरै भए राम्रोसँग हुर्कन पाउँदैनन् । छिटो–छिटो वा धेरै बच्चा जन्मेमा निम्न असर पर्नसक्छ ।

—     नजिक–नजिक गर्भ भएमा बच्चाले आमाको दूध धेरै खान पाउँदैन र पोषणस्थिति राम्रो हुँदैन । त्यस्तै, घरमा उपलब्ध, सीमित खाना धेरै बच्चाहरुमा बाँड्नु परेमा बच्चाहरु राम्ररी हुर्कन पाउँदैनन् ।

धेरै बच्चा जन्माएमा वा छिटोछिटो बच्चा पाएमा आमाको स्वास्थ्यमा निम्न प्रकारका नराम्रा असर पर्नसक्छन्—

१) मातृ मृत्युदर बढी हुन्छ। चाडो वा बढी बच्चा जन्माइसकेका गर्भवती महिलाहरुको मातृ मृत्युदर सरदरभन्दा पचास प्रतिशत बढी भएको पाइएको छ ।

२)  जन्मनासाथ वा एक महिनाभित्रमा वा एक वर्षभित्र मर्ने बच्चाहरुको अनुपात धेरै हुन्छ ।

३)  धेरै बच्चाहरु भएमा झाडापखाला, सरुवा रोग र कुपोषण हुने बढी सम्भावना हुन्छ ।

४)  गर्भको बेलामा गर्भसम्बन्धी विभिन्न रोगहरु लाग्नसक्छ ।

५)  मरेको बच्चा जन्मने सम्भावना बढ्छ ।

६)  पाठेघरको रोग हुनसक्छ ।

७)  गर्भपतन हुनसक्छ ।

८)  प्रसव गाह्रो हुनसक्छ ।

साभार : स्वास्थ्य समस्या र समाधानपुस्तकबाट

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : ०८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र