महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विहारको चम्पारन जिल्लामा गोरा मालिकहरुले किसानलाई विभिन्न किसिमका यातना दिइरहेका थिए । गान्धीले त्यहाँ गएर उनीहरुको दुःखद स्थितिको जाँच सुरु गरे । कसैले गान्धीसँग भन्यो— यस क्षेत्रका गोरा अत्यन्त क्रूर छन् । उनीहरुले तपाईंलाई मार्न हत्याराहरु तैनाथ गरेका छन् ।

यस्तो सुनेर त्यसै रात गान्धी एक्लै गोराहरु बस्ने ठाउँमा पुगे ।

एक गोराले सोध्यो— मिस्टर गान्धी, तपाईं यहाँ ? यति राति ?

गान्धीले मुस्कुराउँदै जवाफ दिए— मैले सुनेअनुसार मलाई मार्नका लागि तपाईंहरुले केही व्यक्तिलाई भाडामा राख्नुभएको छ रे ? तपाईंले यो समस्या किन झेल्नुपर्‍यो ? त्यसैले म आफै एक्लै तपाईंकोमा आएँ, ताकि तपाईंहरुले आफ्नो इच्छा पूरा गर्न सक्नुहोस् ।

गान्धीको निर्भिकता देखेर गोरा दङ्ग पर्‍यो र खुट्टा समाते माफी माग्न थाल्यो ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : १७ बजे

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै