राष्ट्रिय महिला क्लब भलिबलको उपाधि न्यु डाईमण्डलाई | Khabarhub Khabarhub

राष्ट्रिय महिला क्लब भलिबलको उपाधि न्यु डाईमण्डलाई


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यु डाईमण्ड स्पोर्ट्स क्लबले पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डाईमण्ड च्याम्पियन बनेको हो ।

रोमान्चक बनेको खेलको सुरुवाती सेट पुलिसले २५-२२ ले जितेको थियो । त्यसपछिको दुई सेट लगातार न्यु डाईमण्डले २५-११ र २५-१९ ले जित्यो । तर, चौंथो सेट पुलिसले २५-२१ ले जितेपछि खेल पाँचौ सेटमा पुगेको थियो ।

त्यसपछि पाँचौ तथा अन्तिम सेटमा १५-११ को जित निकाल्दै न्यु डाईमण्डले उपाधि आफ्नो बनायो । उपाधिसँगै न्यु डाईमण्डले नगद ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो ।

पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । बिहीबार नै भएको हेल्पले फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा हेल्प नेपालले एपीएफमाथि २५-१४ २५-२० र २५-२२ को सोझो सेटमा जित निकालेको थियो । भारतीय खेलाडी सम्मलित हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । समग्रमा हेल्प नेपालको यो तेस्रो उपाधि हो ।

उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गर्यो । उपविजेता बनेको एपीएफले १ लाख ७५ हजारमा चित्त बुझायो । पुरुषतर्फ तेस्रो भएको बुलबुले राराले ७६ हजार र चौंथो बनेको नेपाल पुलिसले ३७ हजार ५ सय प्राप्त गर्यो ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो । महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ७ : ०१ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही