‘हिरोपन्ती २’मा टाइगरको यस्तो लुक्स | Khabarhub Khabarhub

‘हिरोपन्ती २’मा टाइगरको यस्तो लुक्स


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– साजिद नाडियाडवालाको फिल्म ‘हिरोपन्ती २’को आफ्नो पहिलो सुटिङ तालिका पुरा भएको छ । यो फिल्मको सेटबाट अभिनेता टाइगर श्राफको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

तस्वीर सार्वजनिक हुनासाथ भाइरल भइरहेको छ । आजतकमा प्रकाशित समाचारअनुसार तस्वीरमा टाइगरलाई कालो रंगको पेन्ट–सुट र रातो टाईमा देख्न सकिन्छ । उनलाई चारैतिरबाट सुरक्षा दिइएको छ ।

‘हिरोपन्ती २’ टाइगरको डेब्यू फिल्म ‘हिरोपन्ती’को सिक्वेल हो । पहिलो फिल्मले नै टाइगरको करियरलाई उचाईमा पुर्‍याएको थियो ।

फिल्म ‘हिरोपन्ती २’को सुटिङ गोप्य नै राखिएको थियो । निकै सुझबुझका साथ निर्देशक अहमद खानले मुम्बईमा फिल्मको सुटिङ दुई सातामा पुरा गरेका थिए ।

‘हिरोपन्ती’मा टाइगरको अपोजिटमा कृति सेनन थिइन् । जबकी ‘हिरोपन्ती २’मा तारा सुतारिया टाइगरको प्रेमिका छिन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : ४६ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र