‘पारस’ र ‘माइतीघर २’को सुटिङ सँगसँगै | Khabarhub Khabarhub

‘पारस’ र ‘माइतीघर २’को सुटिङ सँगसँगै


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निजी क्षेत्रबाट निर्माण गरिएको नेपालको पहिलो फिल्म ‘माइतीघर’को नाम सापट लिएर नयाँ फिल्म ‘माइतीघर २’ निर्माण हुने भएको छ । फिल्म ‘माइतीघर’ सन् १९६६ मा निर्माण भएको थियो ।

यो फिल्मको नयाँ संस्करण ‘माइतीघर २’ अभिनेता भुवन केसीले निर्माण गर्दैछन् । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा भुवनपुत्र अनमोल केसी प्रमुख भूमिकामा हुनेछन् ।

‘माइतीघरको कथालाई नै छोएर माइतीघर २ को कथालाई अगाडि बढाउछौं । प्रेमकथाको फ्लेभर भएपनि नयाँ कथामा माइतीघरकै कथालाई गाँस्नेछौं’, भुवनले भने । भुवनले आगामी पन्ध्र दिनसम्ममा फिल्मका अन्य कलाकार फाइनल हुने बताए ।

भुवन होम प्रोडक्सनबाटै नयाँ फिल्म ‘पारस’ गर्ने तयारीमा थिए । तर अब उनी ‘पारस’ र ‘माइतीघर २’लाई सँगसँगै लैजाने योजनामा छन् ।

‘अर्को महिनाबाट पारसको सुटिङ सुरु गर्ने योजना थियो । अहिले माइतीघर २ लाई पनि हामीले नै बनाउने भयौं । तर ‘पारस’ र ‘माइतीघर २’ कुन पहिला फ्लोरमा जान्छ, यो हामीले कन्फर्म गरेका छैनौं’, भुवनले भने, ‘दुवै प्रोजेक्ट रेडी छ । जुन प्रोजेक्ट अगाडि गए पनि १०–१५ दिन ब्रेक लिएर दुवै फिल्मको सुटिङ सँगसँगै हुन्छ ।’

कोभिडको पछिल्लो बढ्दो त्रासका कारण लकडाउन नभइदिएको अवस्थामा एकदेखि डेढ महिनामा सुटिङ सुरु हुने उनले बताए ।

‘माइतीघर २’ सुबोध चोपडाको निर्देशन हुनेछ । अभिनेता अनमोल हालका दिनमा फिल्म ‘ए मेरो हजुर ४’को अन्तिम चरणको सुटिङमा व्यस्त छन् । भुवनका अनुसार चार दिनपछि ‘ए मेरो हजुर ४’को छायांकन सकिनेछ ।

‘ए मेरो हजुर ४’को सुटिङपछि अनमोल होम प्रोडक्सनको फिल्म ‘पारस’ र ‘माइतीघर २’को वर्कसपमा व्यस्त हुनेछन् ।

बीएस थापा निर्देशित फिल्म ‘माइतीघर’मा माला सिन्हा र सिपी लोहनीको प्रमुख भूमिकामा अभिनय थियो । यो फिल्मको शीर्षगीत ‘माइतीघर’ नेपाली फिल्मका सदाबहादर गीत मानिन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  २ : २५ बजे

गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा

पोखरा- गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले

गण्डकीमा सभामुखकाे मत जाेडेर मुख्यमन्त्रीले पाए विश्वास

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

काठमाडौं- गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी

कांग्रेसले भन्यो : विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै

काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल