आगामी वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन 'ए' खुवाइने | Khabarhub Khabarhub

आगामी वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी वैशाख ६ र ७ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने भएको छ ।

यो कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ ।

मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पनि पत्र लेखेको छ ।

अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने छ । त्यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि दिइने छ। यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा बालभिटा वितरण गरिने छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्त्रालयले ११ बुँदे निर्णय गर्दै अभियानका क्रममा सोही अनुसार अगाडि बढ्न पनि निर्देश गरेको छ । मन्त्रालयले अभियानका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै बालबिलकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम स्थगन गरेको जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १ : २० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला