म्यानमारी मोडल पेइंग पक्राउ | Khabarhub Khabarhub

म्यानमारी मोडल पेइंग पक्राउ


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्मा–म्यानमारका मोडल तथा अभिनेता पेइंग ताकोनलाई सेनाले पक्राउ गरेको छ । पछिल्लो समयमा म्यानमारमा अधिकारकर्मी, पत्रकार र कलाकार पक्राउको क्रम बढिरहँदा सेनाले पेइंगलाई पनि पक्राउ गरेको हो

बीबीसीका अनुसार पेइंगको म्यानमार तथा थाइल्याण्डमा करोडौं फ्यान छन् । म्यानमारमा सेनाले ‘कू’ गरेपछि त्यसविरुद्ध गरिएको अनलाइन तथा सडक प्रदर्शनमा उनले सहभागिता जनाउदै आएका थिए ।

सेनाले झण्डै एक मिलियन फलोअर्स भएको पेइंगको इन्स्टाग्राम एकाउण्ट र फेसबुक एकाउण्टलाई बन्द गरेको छ ।

गत फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएपछि त्यसविरुद्धको आन्दोलनमा झण्डै ६ सय बढी नागरिकको मृत्यु भइसकेको छ ।

ताकोनकी बहिनी थी थी ल्विनले फेसबुकमा एक पोस्ट गर्दै आठ वटा ट्रकमा आएको सेनाको टोलीले पेइंगलाई स्थानीय समय अनुसार पाँच बजे पक्राउ गरेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार सेनाले पेइंगलाई उनको आमाको घरबाट पक्राउ गरेको थियो ।

पेइंग लामोसमयदेखि गम्भीर डिप्रेसनमा परेका छन् । उनी उठेर हिँड्न सक्ने अवस्थामा पनि छैनन् । उनका दुई मोबाइल फोन पनि सेनाले लगेको छ ।

२४ वर्षे पेइंग म्यानमारमा दिनहुँ हुने प्रदर्शमा सहभागी हुँदै आएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १ : ०४ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी