पत्रकार महासंघ झापामा संयुक्त प्यानलको वर्चश्व, अध्यक्षमा गिरी निर्वाचित | Khabarhub Khabarhub

पत्रकार महासंघ झापामा संयुक्त प्यानलको वर्चश्व, अध्यक्षमा गिरी निर्वाचित


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपाल पत्रकार महासंघ झापामा संयुक्त प्यानलले वर्चश्व कायम गरेको छ ।

एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले अध्यक्षसहितको २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।

नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा गिरी निर्वाचित भएका छन्  । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे भने नेपाल–खनाल निकट प्रेस चौतारीका तीर्थ सिग्देलले २६ मत ल्याए ।

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् ।

संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी ओेली निकट प्रेस चौतारीका सावित्रा दाहालले १०७ मत ल्याइन् ।

सचिवमा संयुक्त प्यानलका डिकेश लामा १२८ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल–खनाल निकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ र स्वतन्त्र उम्मेदवार प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन् ।

खुला सहसचिवमा संयुक्त प्यानलका राजु पाठक १५५ मत ल्याई निर्वाचित भएका छन् । पाठकले ओली निकट प्रेस चौतारीका विनोद सापकोटालाई ६३ मतले पराजित गरेका छन् ।

समावेशी सहसचिवमा संयुक्त प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याएका छन् ।

कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाईं  १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन् ।

सदस्य पदमा संयुक्त प्यानलका मधेसी सदस्य पदका उम्मेदवार सन्तोष शर्मा र महिला सदस्य स्वस्तिका आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

दलित सदस्य पदमा १४० मतसहित संयुक्त प्यानलका रञ्जित परियार विजयी भए भने उनका प्रतिद्वन्दी किशोर उपरकोटीले ९८ मत प्राप्त गरे । खुला सदस्यहरूमा चिरञ्जीवी घिमिरे, द्रोण अधिकारी, मनिषा चम्लागाई, विनोद पाण्डे (कमल), शुष्मा राजवंशी र होमप्रकाश अधिकारी विजयी भएका छन् ।

ओली निकट प्रेस चौतारीबाट विजयी हुनेहरुमा आदिबासी/जनजाति सदस्य राजन साम्पाङ र खुला सदस्य अच्युतराज सुबेदी, अनिल वाग्ले र सुनिरा मैनाली छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : २० बजे

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने