बी डिभिजन लिग फुटबल : सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम | Khabarhub Khabarhub

बी डिभिजन लिग फुटबल : सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।

सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २-१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक गोल गरे ।

सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काए । खेलको २९ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता बनाएको थियो ।

खेलको ५० औं मिनेटमा माल्डिनाले गोल गर्दै सातदोबाटोलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ५८ औं मिनेटमा सन्नीले गोल गर्दै मध्यपुरलाई २-१ को जित दिलाए ।

मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । सातदोबाटो दुई खेल अगाबै ‘ए’ डिभिजनमा बढुवासमेत भईसकेको छ ।

मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र