पार्टी एकता जोगाउने सम्भावना छन् भने खोजी गरौं : नेता पन्त | Khabarhub Khabarhub

पार्टी एकता जोगाउने सम्भावना छन् भने खोजी गरौं : नेता पन्त


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — साविक नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकता जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गर्नुपर्ने तर्क गरेका छन् ।

सर्वोच्च अदालतको फैसला पछिको अवस्थामा एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना खोज्नुपर्ने उनले बताएका हुन् ।

पेरिसडाँडामा जारी साविक दाहाल–नेपालसमूहको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन पुष्पमल दाहाल र केपी ओली बसेर सम्भावना खोज्नु पर्ने धारणा आफूले राखेको पन्तले बताए ।

‘जसरी एकता प्रक्रिया सुरु भएको थियो, त्यो एकता प्रक्रिया आफैमा राम्रो थियो । एकताले लोकतन्त्र, नेपालको संविधानलाई जोगाएर जान सकिन्छ । सर्वोच्च अदालतको फैसलापछिको नयाँ अवस्थामा फेरि पनि कुराकानी गरेर एकता जोगाउने सम्भावना छन् भने खोज्नुपर्छ भनेको छु,’ पन्तले भने, ‘तर, त्यसको लागि फेरि पनि कमरेड प्रचण्ड र कमरेड केपी ओलीले कुराकानी अगाडि बढाउनु पर्‌यो ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ३१ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार