ईसेवा आइडीमा अनधिकृत पहुँच पुर्‍याई ठगी गर्ने पक्राउ | Khabarhub Khabarhub

ईसेवा आइडीमा अनधिकृत पहुँच पुर्‍याई ठगी गर्ने पक्राउ


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ईसेवा आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-४ घर भएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुर सानोठिमीबाट गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पीडितहरुको बारेमा पूर्ण जानकारी लिई बिभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसबाट गुगल एकाउण्टको पासवर्ड चोरी गरी ईसेवा आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई अन्य व्यक्तिको नामको खातालगायत ईसेवा समेतमा रकम रकमान्तर गरी अनलाइन ठगी गरेको सूचनाका आधारमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।

खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : २१ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको