प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीद्वारा काठमाडौँमा जुत्ता प्रदर्शन | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीद्वारा काठमाडौँमा जुत्ता प्रदर्शन


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीले संविधान कुल्चिएर संसद विघटन गरेको भन्दै विवेकशील पार्टीले काठमाडौंमा जुत्ता प्रदर्शन गरेको छ ।

सोमबार काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुल्चिएर संसद विघटन गरेको भन्दै विवेकशीलका कार्यकर्ताहरुले जुत्ता प्रदर्शन गर्दै विरोध जनाएका हुन ।

जुत्ता प्रदर्शन गर्दै उनीहरुले संसद विघटनको घोषणालाई तत्कालै खारेज गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले संसद विघटन खारेज गर’, विधि र विधान नकुल्च’, लगायतका नारा लेखिएको प्लेकार्ड प्रर्दशन गरेका थिए । उनीहरुले संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध पनि नारावाजी गरेका थिए ।

विवेकशील पार्टीले संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ५ : २२ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन