आस्था लेख्छिन्,‘एकअर्काको खुट्टा नतान’ | Khabarhub Khabarhub

आस्था लेख्छिन्,‘एकअर्काको खुट्टा नतान’


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका आस्था राउत बोल्नमा प्रष्टवक्ता मानिन्छिन् । आफ्नो मनमा लागेका कुरा अथवा चित्त नबुझेका कुरा निर्धक्कका साथ राख्दछिन् । यही कारण उनी समय समयमा विवाद र चर्चामा आउछिन् ।

वर्षदिन अघि सिक्किम जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीले आफूमाथि गरेको व्यवहार प्रति असन्तुष्टि जनाउदै फेसबुक लाइभ गरेपछि उनी विवादमा तानिएकी थिइन् । यही कारणले उनलाई प्रहरीले पक्राउ पनि गरेको थियो । तर महिला प्रहरी र गायिका राउतबीच सहमतिपछि उनी रिहा भएकी थिइन् ।

यिनै आस्थाले मिडियाप्रति लक्षित गर्दै एक स्टाटस लेखेकी छन् । खास गरी मिडियाले सेलिब्रेटीको विवाह अघि लेख्ने समाचारको शीर्षकप्रति उनको स्टाटस लक्षित छ ।

‘आई डन्ट एप्रिसियट न्यूज लाइक लगन जुर्यो रे, के रे, के रे । जब सम्म मिडियालाई आधिकारिक इन्फरमेसन आउँदैन र जबसम्म म नै भन्दिन प्लिज यस्तो हावा न्यूज सर्कुलेट नगर्दिनु होला । मिडियाको लाइमलाइट मलाई घाटीसम्म पुगिसकेको हो पहिल्यै । म पहिला जस्तो सो कल्ड फ्रिडम अफ स्पिच छ भन्दैमा बोल्न मन लाग्न छोडिसक्यो । किन कि म सत्य बोल्छु र मेरो सत्य धेरैलाई पच्दैन रहेछ । मेरो शुभचिन्तकहरु भन्दा पनि मलाई र मेरो राम्रो देख्न नसक्नेको जमात धेरै रहेछ । जबकि म सँधै सहयोगी भावना राख्ने ठूलोलाई सम्मान सानोलाई माया गर्ने मान्छे हो । ठिकै छ । समयले कसैलाई पनि छोड्दैन । म त अहिल्ये एकदम नै खुशी छु । फ्रिलान्सर भएर काम सुरु गर्न पाको छु । कोभिडको तनावबाट बिस्तारी निस्किदै छु । सिक्किममा छु । शो बबाल भयो एण्ड एम ह्याप्पी फर माइसेल्फ । जुनको बाटो जुन हिड्ने हो घामको बाटो धाम । प्लिज एकअर्काको खुट्टा नतान । बरु सबै मिलेर आउ देश बनाम । सबै नेपाली जाति नेपाली भाषी हामी सबैको जय होस ।’ उनले लेखेकी छन् ।

आस्था टेलिभिजन शो ‘द भ्वाइस अफ नेपाल’को निर्णायक रहँदा उनको गतिविधिले चर्चामा ल्याएको थियो । उनको छिटै रुने बानीले दर्शकमाझ उनलाई रुन्ची गायिकाको छाप छोडेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ५१ बजे

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन