नेपाली फरवार्ड अभिषेक रिजालले भारतीय लिग खेल्ने | Khabarhub Khabarhub

नेपाली फरवार्ड अभिषेक रिजालले भारतीय लिग खेल्ने


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका युवा फरवार्ड अभिषेक रिजाल इन्डियन (आई) लिग खेल्ने भएका छन् ।

उनले जारी सिजनको बाँकी खेल सन् २०१७ को विजेता टोली आइजवाल एफसीबाट खेल्ने भएका हुन् ।

यसअघि आई लिग छनोट टोली मोहम्देन एफसीबाट खेलेका उनले अहिले क्लब परिवर्तन गरेका हुन् ।

मोहम्मेदन आइ लिगमा छनोट भएपछि एएफसी खेलाडीको कोटामा बंगलादेशी कप्तान जमाल बुयानलाई अनुबन्ध गरेको थियो । जसले गर्दा अभिषेकले आइ लिग खेल्न पाएनन् ।

अभिषेक अहिले फिफा विश्वकप २०२२ छनोट खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् ।

अब बाँकी सिजनका खेल भने अभिषेकले सन् २०१७ को आइ लिग च्याम्पियन टोली आइजवालबाट खेल्ने भएका हुन् । अभिषेकको सम्झौता मार्च सम्मको छ । भारतीय लिगका लागि अभिषेक केही दिनमा भारत जानेछन् ।

अहिले नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ०० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र