'हेमबहादुर मल्ल पुरस्कर'बाट डा. दास सम्मानित | Khabarhub Khabarhub

‘हेमबहादुर मल्ल पुरस्कर’बाट डा. दास सम्मानित


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेम बहादुर मल्ल पुरस्कारबाट डा. गौरी शंकर लाल दास सम्मानित भएका छन् । उनलाई दुइ लाख रुपैयाँ धनराशिको हेमबहादुर मल्ल पुरस्कार प्रदान गरिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघद्वारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई सम्मानित गरिएको हो ।

माता भवानी देवी र पिता जनार्दन लाल दासको जेष्ठ सुपुत्रका रुपमा वि.स. १९८२ साल असोज १० गते सिराहाको इनरुवामा जन्मिएका छात्ती रोग विशेषज्ञ डा. गौरी शंकर दास ९६ वर्षको उमेरमा सामाजिक अभियानताको रुपमा परिचित छन् ।

वि.स. २००९ सालदेखि वीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरकाे रुपमा आफ्नो स्वास्थ सेवा आरम्भ गरेका डा. दास वि.स. २०२४ सालमा स्वास्थ सेवा विभागको निर्देशक हुँदै स्वास्थ योजना अधिकृत भए ।

डा . दासले सन १९७५-१९९० को दीर्घकालीन प्रथम स्वास्थ सेवा योजना र विश्व स्वास्थ संगठनमा आवद्ध रही माल्दिभ्सको पहिलो स्वास्थ्य सेवा योजना तर्जुमा गर्नुलाइ उनको उपलब्धी मानिन्छ ।

त्यस्तै वि.स. २०३५ देखि २०४७ सालसम्म लोक सेवा आयोगको र वि.स. २०५७ देखि २०६२ सम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य थिए ।

गोरखा दक्षिण बाहु जस्ता विभिन्न उल्लेखनीय मानपदवी र सम्मानबाट विभुषित डा. दास नेपाल रेडक्रस सोसाइटी, कुष्ठराेग निवारण संस्था, नेपाल क्षयराेग निवारण संघ, नेपाल मेडिकल संघ, परिवार नियोजन संघ, नेपाल भारत मैत्री संघ, रुद्रराज साहित्य सेवा समिती लगायत दर्जनौँ संघ संस्थाहरुको सस्थापक, अध्यक्ष , पदाधिकारी, सल्लाहकारको जिम्मेवारीमा सक्रिय रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : ०८ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको