पार्टी छाडेर भागेका 'भगौडा' का कुरा नसुन्नोस् : प्रधानमन्त्री ओली (भिडियोसहित) | Khabarhub Khabarhub

पार्टी छाडेर भागेका ‘भगौडा’ का कुरा नसुन्नोस् : प्रधानमन्त्री ओली (भिडियोसहित)


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेकपाकै अर्को समूहका नेताद्वय प्रचण्ड र माधव कुमार नेपाललाई भगौडाको संज्ञा दिएका छन् ।

कैलालीको धनगढी सुदूरपश्चिमस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधवलाई कटाक्ष गर्दै भगौडाको संज्ञा दिएका हुन् ।

‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीको बैठकमा नआएर  सडकमा गए, गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । उहाँहरूका समर्थकहरू गालीगलौज गरेर  हिँडेका छन्। हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्दैनौं,’ ओलीले भने ।

भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको पनि उनले आरोप लगाए ।

‘बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने । मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने । उहाँलाई पिर पर्‍यो’, ओलीले भने ।

हेरौँ भिडियो

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ३ : ३५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र