इजलास गठन नभएपछि संवैधानिक परिषदसम्बन्धीको रिटमा भएन सुनुवाइ | Khabarhub Khabarhub

इजलास गठन नभएपछि संवैधानिक परिषदसम्बन्धीको रिटमा भएन सुनुवाइ


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक परिषद सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन नगरेपछि सुनुवाई कम्तीमा एक सातालाई सरेको छ ।

बुधवार र शुक्रवार बस्दै आएको संवैधानिक इजलासका लागि आज कुनै पेसी नै नतोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

आगामी बुधवार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाई हुने भएकाले संवैधानिक परिषद अध्यादेश र संवैधानिक परिषदको निर्णयविरुद्ध परेका रिटको सुनुवाइ नहुने भएको हो ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश नै असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले गत पुस १ गते दायर गरेको रिटमा आज प्रारम्भीक सुनुवाई हुने गरी तारिख तोकिएको थियो ।

संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म डाकेको बैठक स्थगित भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठकमार्फत मंसिर ३० गते अध्यादेश ल्याएको सरकारले नयाँ नियुक्तिसमेत सिफारिस गरिसकेको छ ।

अध्यादेशले संविधानको धारा २८४ मा अन्तरनिहित संविधानको आधारभूत संरचनासंग सम्बन्धित विषय, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहीता सम्बन्धी सिद्धान्तहरुको उल्लंघन गरेको रिट निवेदकहरूको दाबी छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  १२ : २८ बजे

सरकार व्यवहारमै निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसक्यो : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित  

काठमाडौं– गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

मनहरी– बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई

मलेसियाका समकक्षीसँग गृहमन्त्रीको फोन वार्ता, जीबी राईबारे पनि कुराकानी

काठमाडौं- उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि मलेसियास्थित समकक्षी