ओमिक्रोन डेल्टा भेरियन्टभन्दा कम खतरनाक ! | Khabarhub Khabarhub

ओमिक्रोन डेल्टा भेरियन्टभन्दा कम खतरनाक !


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए।

सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबले बढोत्तरी नभएको सूचना दिएको छ।

‘यो भेरियन्टका कारण रोगको जटिलता त्यति धेरै देखिएको छैन। तर यो जटिल नभएको र यसले डेल्टाको तुलनामा गम्भीर हिसाबले बिरामी नपार्ने भनेर लापरबाही नगरी सावधान हुन जरुरी छ,’ डा. फाउसीले भने। अमेरिकाका एकतिहाइ राज्यमा ओमिक्रोन देखिएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : २२ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार