कविता : पिताजी ! | Khabarhub Khabarhub

कविता : पिताजी !



आफू धुपमा उभिएर सन्तानलाई

छाया प्रदान गर्ने

आफू सन्तापले जलेरै पनि सन्तानलाई

खुशी बाँड्ने

आफ्नो दुःख लुकाएर

सन्तानको खुशीमा हाँस्ने

सन्तानको लागि शीतल छहारी

पिताजी ।

 

सन्तानका लागि अविराम यात्रा

अविराम प्रयास, अविराम चिन्तन

अविराम शिक्षा, अविराम तपस्या

हाम्रो जीवनयात्राको आधार

पिताजी ।

 

अर्थदेखि परमार्थसम्म

स्वयंदेखि अखिल ब्रह्माण्डसम्म

भ्रमदेखि सत्यतासम्म

ज्ञान, विवेक, शिक्षा, नीति

सबैसँग साक्षात्कार गराउने गुरु

पिताजी ।

 

अनेकमा एक, गागरमा सागर

शोकमा धैर्य, संकटमा संयम्

अद्भूत शिक्षक, निःस्वार्थ उपदेश

दुर्लभ र असीम भाव

पिताजी ।

 

तपस्याको रूप पिताजी

स्वर्गरूप पिताजी

आकाशरूप पिताजी

देवता पिताजी

मोक्षरूप पिताजी,

श्रद्धा र सेवाको साक्षात रूप पिताजी

कोटी कोटी प्रणाम पिताजी ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ४२ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी