ओली-नेपाल वार्ता 'सकारात्मक', निस्केन निष्कर्ष (भिडियोसहित) | Khabarhub Khabarhub

ओली-नेपाल वार्ता ‘सकारात्मक’, निस्केन निष्कर्ष (भिडियोसहित)


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भएको वार्ता सकिएको छ ।

वार्ता सकारात्मक भए पनि ठोस सहमति नभएको वार्तामा सहभागी नेताहरुले जनाएका छन् ।

वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन दुवै नेता सकारात्मक भएको दाबी गरे । उनका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ ।

यसैगरी वार्तामा सहभागी अर्का नेता सुरेन्द्र पाण्डेका अनुसार पहिले दुवै तर्फका दोस्रो तहका नेताहरुसहित कुराकानी भएको थियो । त्यसपछि ओली-नेपाल वान अन वान वार्तामा बसेका थिए ।

पाण्डेले भने, ‘सकारात्मक ढंगले कुरा भएको छ । भोलि बस्ने कार्यदलको बैठकपछि ठोस निष्कर्ष निस्किन्छ ।’

वार्तामा दुवै तर्फका दोस्रो तहका नेताहरु पनि सहभागी थिए । ओली पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी भएका थिए भने नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।

हेरौँ भिडियो

पार्टी एकताका लागि गठित कार्यदल सहमति नजिक पुग्दा शीर्ष दुई नेताहरुबीच वार्ता सम्भव भएको हो ।

यसअघि गत ३० वैशाखमा बुढानीलकण्ठस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा दुई नेताबीच वार्ता भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ५२ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै