बाढीका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन | Khabarhub Khabarhub

बाढीका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको कुश्मा नगरपालिका– ८ को सुन्दरेखोलामा आएको बाढीले क्षत्विक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ ।

एकतर्फीरुपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दिउँसोदेखि मौसम सुधार आएसँगै खोलाको बहाव कम भएपछि मर्मत गरी राजमार्ग एकतर्फी खुलाइएको हो । मध्यपहाडीसँगै क्षत्विक्षत भएको दोबिल्ला–फलेबास सडकखण्ड भने सञ्चालनमा आएको छैन । उक्त सडकको करिब १ सय मिटर भागसम्म ठुल्ठूला ढुङ्गा रहेको र ती ढुङ्गा ब्रेकर लगाएर फुटाउनुपर्ने भएकाले अझै समय लाग्ने प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काका अनुसार भत्किएको राजमार्गको कुनापट्टिबाट अस्थायी सामान्य बाटो खनेर राजमार्ग खुलाइएको हो । “हिजो रातिदेखिका सवारी बन्द भएकाले एकतर्फी खुलाएर वारपार गर्न दिइएको हो”, खड्काले भने, “दुइतर्फी खुलाउन अझै समय लाग्छ ।”

खोलाले ल्याएका ठुल्ठूला ढुङ्गा हटाएर दोहोरो सवारी सञ्चालन हुने गरी सडक मर्मत गर्न समय लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । “गाडी एकतर्फी भए पनि चलाइयो”, आयोजनाका सूचना अधिकारी उज्वल शर्माले भने, “बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।”

सडक निर्माण कम्पनीको मुख्य इञ्जिनियरसहित गाडी बगाएकाले अहिले नै सडकको सहजरुपमा सञ्चालनबारे भन्न नसकिने उनले बताए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ४५ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक