भारतको मन्त्रिपरिषद पुनर्गठन, ४३ मन्त्रीले लिए सपथ | Khabarhub Khabarhub

भारतको मन्त्रिपरिषद पुनर्गठन, ४३ मन्त्रीले लिए सपथ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए ।

मोदीको नयाँ मन्त्रिमण्डलमा १२ जना महिला अनुहार छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ भने १८ जना पूर्वराज्य मन्त्री भएका छन् । चारजना पूर्वमुख्य मन्त्री भएका छन् ।

नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर छन् । क्याबिनेटमा अधिकांश युवाहरू र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइएको छ ।

मोदीको नयाँ क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री भएका छन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी छन् । आठजना जनजाति मन्त्री भएका छन् ।

दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषद् फेरबदल गरेका हुन् । यसपटक मोदीले सबैभन्दा बढी मन्त्री मन्त्रिमण्डलमा समावेश गरेका हुन् ।

यसअघि सन् २०१४ मा पहिलोपटक गठन गरिएको मन्त्रिमण्डलमा ७ र २०१९ मा ६ महिला मन्त्री बनेका थिए । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषदमा परिवर्तन गरेका हुन् । प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद पुनर्गठन गर्नु पूर्व १२ जना मन्त्रीले राजीनामा दिएका छन् ।

नयाँ मन्त्रीहरुको सूची :
नारायण राणे
सर्बानंद सोनोवाल
वीरेंद्र कुमार
ज्योतिरादित्य सिंधिया
आरसीपी सिंह
अश्विनी वैष्णव
पशुपति कुमार पारस
किरण रिजिजू
राजकुमार सिंह
हरदीप सिंह पुरी
मनसुख मंडाविया
भूपेंद्र यादव
पुरुषोत्तम रूपाला
जी किशन रेड्डी
अनुराग ठाकुर
पंकज चौधरी
अनुप्रिया पटेल
सत्यपाल सिंह बघेल
राजीव चंद्रशेखर
शोभा करंदलाजे
भानुप्रताप सिंह वर्मा
दर्शना विक्रम जरदोश
मीनाक्षी लेखी
अन्नपूर्णा लेखी
ए नारायण स्वामी
कौशल किशोर
अजय भट्ट
बीएल वर्मा
अजय कुमार
देवसिंह चौहान
भगवंत खूबा
कपिल पाटिल
प्रतिमा भौमिक
सुभाष सरकार
भगवत कृष्ण राव कराड़
राजकुमार रंजन सिंह
भारती प्रवीण पवार
विश्वेश्वर टुडू
शांतनु ठाकुर
महेंद्र भाई मुंजापारा
जॉन बारला
एल मुरुगन
नीतीश प्रामाणिक

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : ३० बजे

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी