दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्री हस्तान्तरण


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

एसोसिएसनले बुधबार एक कार्यक्रममार्फत विपत प्रतिकार्य तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, बुट, कोदालो, खानेपानी प्रशोधन उपकरण, करौती, प्राथमिक उपचारको सामाग्री, त्रिपाल, डोरीलगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो ।

नेपाल–चाइना ट्रेड एण्ड इन्डष्ट्रियल एसोसिएसनकी अध्यक्ष अन्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपतका घटना नभएको र भइहालेमा त्यसको व्यवस्थापनका लागि पूर्वतयारी स्वरुप सामग्री दिइएको बताइन् ।

यस्तै, एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सेन्ट्रेटरहरु पनि प्रदान गरेको छ । दश लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको एसोसिएसनकी अध्यक्ष पौडेलले बताइन् ।

एसोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको छ । यो सहयोग पनि त्यसैको निरन्तरता भएको जनाएको छ । यसअघि पनि मेलम्चीमा बाढी आउँदा हेलम्बु र मेलम्चीबासीका लागि अति आवश्यकता सामाग्री बितरण गरेको अध्यक्ष पौडेलले बताइन् ।

चीनमा कार्यरत नेपाली व्यवसायीहरुको सहयोग स्वरुप यी सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : १४ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै