जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा | Khabarhub Khabarhub

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जीवन विकास लघुवित्तले सर्वसाधरणमा निष्कासन गरेको आईपीओ बुधबार बाँडफाड भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल नक्साल, नागपोखरीस्थित कार्यालयमा बुधबार बिहान १० बजे उक्त आईपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट, मेरो शेयरको मोबाइल एप, जीवन विकास लघुवित्त र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट आईपीओ नतिजा हेर्न सकिन्छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा गोला प्रथाबाट भाग्यमानी १ लाख ८४ हजार ८०१ जना आवेदकले शेयर पाएका छन् ।

बिक्री प्रबन्धकका अनुसार १ लाख ८४ हजार ८०१ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता शेयर गोलाप्राथबाट १० कित्ता शेयर पाउनेमध्ये ५ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

जसअनुसार ५ जना भाग्यमानी आवेदकले थप १ कित्तासहित ११ कित्ताका दरले ५५ कित्ता शेयर पाएका छन् भने १ लाख ८४ हजार ७९६ जना आवेदकले १० कित्ताका दरले १८ लाख ४७ हजार ९६० कित्ता शेयर पाएका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : २८ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर