नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन | Khabarhub Khabarhub

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ । यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकामा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । आज बिहान ५ः३० बजेदेखि सेतीदोभानलगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरोले सयौँ सवारी साधन रोकिएका छन् । सवारी साधनको लाइन भरतपुरको बाइपास सडकसम्म आइपुगेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर