चोरीको कारसहित दाङबाट एक जना पक्राउ | Khabarhub Khabarhub

चोरीको कारसहित दाङबाट एक जना पक्राउ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– चोरीको कारसहित प्रहरीले दाङको तुलसीपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धादिङबाट चोरेर दाङ पुर्‍याइएको बा १६ च ८७३५ नम्बरको कारसहित तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडका १७ वर्षीय नवीन सार्कीलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालका अनुसार उनले असार १५ गते राति उक्त कार धादिङबाट चोरेर ल्याएको स्वीकारेका छन् ।

कार धादिङका दिनेश रुपाखेतीको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : १० बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०