केन्द्रबाट शुरू भएको 'राजनीतिक कोभिड' ले प्रदेशलाई पनि बाँकी राखेन : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

केन्द्रबाट शुरू भएको ‘राजनीतिक कोभिड’ ले प्रदेशलाई पनि बाँकी राखेन : मुख्यमन्त्री राई


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोभिड संक्रमण देखिएको टिप्पणी गरेका छन् ।

सोमबार प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले केन्द्रबाट शुरू भएको ‘राजनीतिक कोभिड’ सबै प्रदेश र स्थानीय तहमा तीव्र गतिमा फैलिएको र कसैलाई बाँकी नराखेको तर्क गरे । उनले प्रदेश १ प्रदेशसभा र आफूहरु पनि त्यो कोभिडबाट प्रभावित भएको र कोभिडबाट शिक्षा लिएर अघि बढ्नुपर्ने अवस्था रहेको धारणा राखे ।

संसद्को हिउँदे अधिवेशनमा सम्बोधन गर्न नपाएको गुसानो गर्दै उनले विपक्षीहरुको अवरोधकै कारण संसद् अधिवेशन तत्कालै अन्त्य गर्नुपरेको बताए ।

मुख्यमन्त्री राईले आफूले संसदलाई छल्न खोजेको आरोप निराधार रहेको उल्लेख गरे । संघीय सरकारले स्वास्थ्य संकटकाल लगाँउन सक्ने अवस्थालाई मध्यनगर गर्दै प्रदेश सभाको अधिवेशन बोलाउन ढिला भएको उनको भनाइ छ । त्यस्तै मुख्यमन्त्री राईले कोरोना संक्रमणकै कारण प्रि–बजेट छलफलको समय घटाएको बताए ।

त्यसअघि बैठकमा काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले प्रदेशसभालाई बेवास्ता र उपेक्षा गरेको भन्दै असन्तोष प्रकट गरे ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकार एकपछि अर्को कलाविहीन नाटकमा मात्र केन्द्रित भएको आरोप लगाए ।

जनता समाजवादीका संसदीय दल नेता जयराम यादवले प्रदेश सरकारको कार्यशैलीगत कमजोरीले संघीयताकै हुर्मत लिएको आरोप लगाए । प्रदेशसभाको अर्को बैठक मंगलबार मध्याह्न साढे १२ बजे बस्नेछ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ७ : ४० बजे

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट

मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउँछौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाको सबलीकरण र

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय