वन मुद्दामा सजाय सुनाइएका फरार पाँच पक्राउ | Khabarhub Khabarhub

वन मुद्दामा सजाय सुनाइएका फरार पाँच पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– जिल्ला अदालत दाङले सामूहिक वन मुद्दामा सजाय सुनाएका फरार पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ५४ वर्षीय गिरिराज गिरी, ५३ वर्षीय रामप्रसाद पाण्डे, ५६ वर्षीय सीता देवकोटा, ४४ वर्षीय लालबहादुर चौधरी र ४७ वर्षीय आलोक घिमिरे छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुविरुद्ध २०७४ साल चैत्र १४ गते देउखुरी जिल्ला अदालतले वन मुद्दामा एक लाख ३८ हजार ९ सय १७ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकाहरुलाई जरिवाना असूलीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा–२ निमुरियामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरु आइतबार दिउँसो पक्राउ परेको र आइबारै जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ६ : ०६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र